×

राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने (तालिकासहित) 

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई दशैंको टीका लगाइदिने भएका छन् । 

राष्ट्रपति भवन महाराजगञ्जद्वारा बिहीबार जारी सूचनामार्फत उक्त जानकारी गराइएको हो । 

राष्ट्रपति पौडेलले कात्तिक ७ गते मंगलबार विजया दशमीको अवसरमा राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा इच्छुक विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका हुन् । 

उक्त कार्यालयले राष्ट्रपतिमार्फत टीका–प्रसाद ग्रहणका लागि तालिका समेत सार्वजनिक गरेको छ । 

जसअनुसार इच्छुक उपप्रधानमन्त्री तथा मन्त्रीहरू, माननीय प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदहरूका लागि अपरान्ह २ बजे, संवैधानिक निकायका माननीय पदाधिकारी एवं विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरू कर्मचारीका लागि अपरान्ह २ बजेदेखि ३ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । 

त्यस्तै इच्छुक सर्वसाधारणहरूले अपरान्ह ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपतिमार्फत टीका लगाउन सक्नेछन् । जसका लागि मर्यादित पोषाक पहिरिएर कार्यालयको १ नम्बर प्रवेशद्वारबाट कार्यालयमा प्रवेश गर्न आग्रह गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।
 

बिहीबार २ कात्तिक २०८० ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया