×

५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण

images

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले ५० बर्षसम्म पनि विवाह नगर्नुको कारण खुलाएकी छन् ।

ऋतिक रोशनसँग फिल्म 'कहो ना प्यार है' बाट बलिवुडमा धमाकेदार डेब्यू गरेपछि गदर र गदर-२ जस्ता फिल्ममा काम गरेकी छन् । अहिले ५० वर्षकी भए पनि, अभिनेत्री अविवाहित छिन् र उनले हालै, उनले अहिलेसम्म विवाह नगर्नुको कारण बताएकी छन् ।

अमिषाले हालै एक पोडकास्ट अन्तर्वार्तामा धेरै पुरुषहरूसँग सम्बन्धमा रहे पनि आफुले विवाह र क्यारियरमा क्यारियर रोजेको बताएकी छन् ।

अमिषाले भनेकी छन्- 'मैले भेटेका धेरैजसो मानिसहरू चाहन्थे, म विवाह पछि घरमै बसूँ र काम नगरूँ। मलाई त्यो मन परेन । म मेरो युवावस्था कसैको श्रीमती भएर बिताउन चाहन्नथें ।'

अमिषाले थप भनिन्- 'तपाईंलाई माया गर्ने मानिसहरूले तपाईंको करियरलाई फस्टाउन दिनेछन् । मैले मेरो करियरको लागि धेरै गुमाएको छु र प्रेमको लागि धेरै । मैले एकअर्काको खातिर दुवै त्यागेको छु । मलाई लाग्छ मैले दुवैबाट सिकेको छु । फिल्ममा प्रवेश गर्नु अघि, म कसैसँग सम्बन्धमा थिए । ऊ मेरो लागि राम्रो विकल्प थियो । यद्यपि, जब मैले फिल्ममा प्रवेश गर्ने निर्णय गरें, मेरो पार्टनरले मलाई सार्वजनिक नजरमा राख्न चाहँदैनथे । त्यसैले, मैले प्रेम भन्दा करियर रोजें ।'

अमिषाले आफु अहिले विवाहको लागि पूर्ण रूपमा तयार भएको बताउदै सही व्यक्ति भेट्टाएमा विवाह गर्ने बताएकी छ

शुक्रबार​ ३ असोज २०८२ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया