काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीले बलिवुड डेभ्यु गरेका छन् । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' बाट शाहीले डेभ्यु गरेका हुन् ।
उनले फिल्मको शुटिंगका तस्बीर सार्बजनिक गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले भनेका छन्- सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, 'ब्याटल अफ गलवानमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दै । अगाडिको यात्राको लागि उत्साहित ।'
शाहीले फिल्ममा आफ्नो भूमिकाका विषयमा भने जानकारी गराएका छैनन् । २०२६ मा रिलिज हुने भनिएको यो फिल्ममा सलमान आर्मी अफिसरको भूमिकामा रहेका छन् ।
फिल्म २०२० को जुन १५ मा भारत र चिनियाँ सेनाबीच गलवानमा भएको झडपको विषयमा बनाइएको छ ।
प्रतिक्रिया