×

गर्नुसम्म गर्नुभो 

images

कति गर्नु उहाँले ? त्यत्रो त्यत्रो गर्नुभो
हुनचाहिँ केही भएन, गर्नुसम्म गर्नुभो ।

सेमिनार सर्भेका सराद्धे त्यत्रो गर्नुभयो 
कार्यशाला गोष्ठीमा, पूर्णपात्रो भर्नुभो ।
कत्रा-कत्रा ज्ञानीका, ज्ञान नांगो पार्नुभो 
हुनचाँही केही भएन, गर्नुसम्म गर्नुभो । 

विचार विमर्श गर्नुभो, विचार व्यक्त गर्नुभो
विचारमा विचारको, विचार जोड जोर्नुभो । 
विचार त्यत्रो गर्नुभो, विचार प्रष्ट पार्नुभो
हुनचाहीँ केही भएन, गर्नुसम्म गर्नुभो । 

लेख्नी पढ्नी के कुरा ? कत्रा ग्रन्थ खार्नुभो 
ग्रन्थका ती ग्रन्थी सब, निचोरी अर्थ भर्नुभो । 
कत्रा-कत्रा तर्कलाई, वर्क फर्क पार्नुभो 
हुनचाँही केही भएन, गर्नुसम्म गर्नुभो । 

यस्तो गर्दा उस्तो हुन्छ, त्यस्तो गर्नु भन्नुभो 
कस्तो गर्दा ठिक हुन्छ, ब्रम्ह्ज्ञान खोल्नुभो । 
लामो साँस नी तान्नुभो, सुस्केरा नि भर्नुभो 
हुन चाहीँ केही भएन, गर्नुसम्म गर्नुभो

कति गर्नु उहाँले ? त्यत्रो त्यत्रो गर्नुभो
हुनचाहीँ केही भएन, गर्नुसम्म गर्नुभो । 

शुक्रबार​ ३ भदौ २०७९ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया