×

सरकारले हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग पुन सञ्चालनमा ल्याउने

images


काठमाडौं । सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने भएको छ।

 आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

पूर्ण सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने उनले बताए।

लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिनेसमेत उनले बताए।

शुक्रबार​ ५ जेठ २०८० ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया