भारतको आसाममा आएको बाढीमा परेर ८ जनाको मृत्यु भएको छ । हजारौं विस्थापित भएका छन् । भारतका कयौं राज्यहरूमा उच्च तापक्रमका कारण जनजीवन अस्तव्यस्त भइरहँदा आसाममा भने वर्षापछि बाढी आएको हो ।
बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया