×

रास्वपा पनि सरकारमा जाने संकेत -- प्रधानमन्त्रीलाई दिएको विश्वासको मत कायमै

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।
आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको नेता रमेश प्रसाईँले जानकारी दिए । 
पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने सम्भावनालाई कायमै राख्ने सो पार्टीले जनाएको छ । बैठकमा सरकारमा हतार गर्न नहुने विषयमा समेत छलफल भएको थियो । 

आइतबार​ ५ चैत २०७९ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया