काठमाडौं । गठबन्धन फेरिएसंगै सरकारमा सहभागि हुने पक्का गरेको कांग्रेसले आजदेखि सदनमा प्रतिपक्षको बेन्च छोड्ने भएको छ ।
यसअघि एमालले, सरकारबाट बाहिरिने निर्णयसँगै प्रतिपक्षको सिटमा आफुले बस्न पाउनु पर्ने बताएपछि कांग्रेसले ठोस निर्णय नगर्दा संसद बैठक नै प्रभावित भएको थियो ।
आज बसेको संसदीय दलको बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले, आजैदेखि कांग्रेस सरकारपक्षको बेन्चमा बस्ने जानकारी दिए । उनले भने ‘हामी सत्तापक्षको बेच्नमा बस्छौं किनभने, हामीले विधिवत रुपले सरकारमा सहभागि हुने घोषणा गरिसकेका छौं । अब हामी आजैदेखि सत्तापक्षको बेन्चमा बस्छौं ।’
त्यस्तै अब कांग्रेस भोली प्रधानमन्त्रीलाई विश्वासको मत दिए लगत्तै सरकारमा सहभागि हुने बताए । सरकारमा कहिले जाने भन्ने संचारकर्मीको प्रश्नमा उनले भने ‘चाँडै जाने ’
तर विश्वासको मत दिएपछि मात्रै सरकारमा सहभागि हुने उनको भनाई छ ।
यसअघि आजै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको थियो ।
प्रतिक्रिया