काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसद अरुण चौधरी कारागारबाट मुक्त भएका छन् । जिल्ला कारागार कैलालीबाट उनी आज मुक्त भएका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजायमा आमामाफी दिए लगतै उनी करागारबाट मुक्त भएका हुन् । उनले गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. २ बाट चुनाव जितेका थिए । उनलाई स्वागत गर्न पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । रिहा भए लगतै उनलाई पार्टीका अन्य नेता, कार्याकर्ता तथा शुभेच्छुकले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।
उनी विरुद्ध जिल्ला अदालत कैलालीले ९ बैशाख ०७० मा ६ महिना कैद सजाय सुनुवाई गरेको थियो । उनी विरुद्ध ३ भदौं ०६६ मा ट्याक्टर माथि आगजानि गरेको अभियोग लगाइएको थियो । आगजनिमा उनीसहित अन्य तीन जना पनि सहभागि थिए । उनीहरु विरुद्ध अदालतले जनही ६ महिना कैद र पीडितलाई ८ लाख १८ हजार ४२३ रुपैयाँ क्षतिपुर्ति भराउने आदेश थियो । उनलाई प्रहरीले गत १९ माघमा पक्राउ गरेका थियो । त्यसलगतै
उनलाई करागार चलान गरिएको थियो । पक्राउ विरुद्ध उनले २२ माघमा उच्च अदालत दिपायलमा रिट निवदेन दिएका थिए । उक्त निवेदनमा उच्चले अन्तरिम आदेश जारी गरेको थिएन ।
प्रतिक्रिया