काठमाडाैं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएपछि भृकुटीमण्डपमा आयोजित समारोहमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारी (१९ जना)
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष (५)
पृथ्वी सुब्बा गुरुङ
विष्णु प्रसाद पौडेल
रामबहादुर थापा
गोकर्णराज विष्ट
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिव (३)
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव (९)
महेश बस्नेत
पद्मा कुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
केन्द्रीय समिति
महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ। अन्तिम परिणामअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरूमा संस्थापन (ओली) पक्षको बहुमत कायम भएको छ।
शपथ समारोहमा नवनिर्वाचित नेताहरूले पार्टी विधान, नीति र जनसेवाप्रति प्रतिबद्ध रहने संकल्प व्यक्त गरेका छन्। यी हुन्– केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसारको एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू ।
यस्तो छ, विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः
प्रतिक्रिया