×

सर्वसाधारणको हताहत हुन नदिन ‘इजरायलसँग मिलेर काम गर्नेछौं’ : बाइडेन

images

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो, “आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौं । हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं ।” तेल अभिभमा नेतन्याहूको युद्धमामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो । 

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

अक्टोबर ७ मा इजरायलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशानानजिक पु¥याएको आरोप लगाउनुभएको छ । 

तर नेतन्याहूले बाइडेनसँग भन्नुभयो, “इजरायलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ ।” 

“हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौं । इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनसँग भन्नुभयो, “राष्ट्रपति महोदय, न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईंसँग मिलेर काम गरिरहनेछौं ।” 

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमीनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लाग्नुभएको हो । 

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन्, जसले अरब विश्वमा आक्रोश फैलाएको छ । 

इजरायलले इस्लामिक जिहादका लडाकूहरूले नै हानेको क्षेप्यास्त्र गलत निशानामा पर्दा अस्पतालमा ठूलो हताहत भएको दावी गरेको छ । 

नेतन्याहूले अस्पतालमा भएको आक्रमणबारे विश्व समुदायले चासो व्यक्त गरेपछि भन्नुभयो, “पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरायलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।” 

बुधबार १ कात्तिक २०८० ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया