×

उच्च गुणस्तरको बीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ : राष्ट्रपति सि

images

चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको  संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइइने बताउनुभएको छ । 

राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउदै बीआरआई इन्टरनेशनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताउनुभयो । 

उहाँका अनुसार चीनले बीआरआईहरित नवप्रवर्तन सम्मेलनलाई निरन्तरता दिने र सौर्य उद्योगकालागि संवाद र आदान–प्रदान संयन्त्र तथा कबर्वन नियन्त्रणका लागि विशेषज्ञको नेटवर्क स्थापना गरिने जानकारी दिनुभयो । 

यसै सन्दर्भमा राष्ट्रपति सिले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागु गर्ने तथा २०३० सम्ममा साझेदार देशहरूलाई एकलाख प्रशिक्षण उपलब्ध गराउने घोषण गर्नुभयो ।

बुधबार १ कात्तिक २०८० ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया