काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् ।
कार्कीले पक्षमा ८६ मत प्राप्त गरे । मत विभाजनमा ९१ सांसद उपस्थित थिए । राप्रपकाका सांसदले भने कार्कीको पक्षमा मत दिएनन् ।
कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले पक्षमा मतदान गरे । बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया