काठमाडौँ । जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत मेलवर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए । नेपालले यस अघि बंगलादेश ए र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
प्रतिक्रिया