×

सत्ता गठबन्धनको बैठक बस्दै

images

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसअघि बिहीबारको बैठकमा सहमति जुट्न सकेको थिएन ।

बैठकमा सहमति नजुटेपछि पुनः छलफल गर्ने भन्दै नेताहरू बैठकबाट बाहिरिएका थिए । प्रधानमन्त्री देउवा एमसीसी संसदबाट पारित गराउने पक्षमा छन भने नेकपा माओवादी केन्द्र र नेकपा एस त्यसको विपक्षमा रहेका छन ।आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छ । गठबन्धनमा सहमति भएपछि आजै बस्न कार्यव्यवस्था परामर्श समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए ।

नेकपा माओवादी केन्द्रका नेताहरूले एमसीसी अघि बढाएर सरकार छाड्ने र विपक्षमा मत दिने संसदीय दलको निर्णय भएको बताएका छन् । साथै समसीसी संसद अवरोध कायमै रहेको बेला एमसीसी टेबल हुन नसक्ने बताए । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका छन् ।

शुक्रबार​ ६ फागुन २०७८ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया