काठमाडौं । सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको सावरी कार्केटमा प्रयोग गर्दै आएको रिसल्ला(अश्वसेना) यस पटकबाट हटाएको छ । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि परिमार्जन गरिएसँगै सेनाले कार्केटमा प्रयोग गर्दै आएको सिरल्ला हटाएको हो ।
टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित २ सय ६० आंै सेना दिवसमा राष्ट्रपति भण्डारी प्रमुख अतिथितका रुपमा शनिवार सहभागि भएकी थिइन् । दिवसमा सहभागि उनको सवारी सेनाले रिसल्ला बिना नै चलाएको छ । परिमार्जित कार्यविधिपछि राष्ट्रपति भण्डारीलाई मोटरसाइकर र गाडीको मात्रै कार्केट प्रयोग गरि सैनिक मञ्च प्रवेशद्ववारसम्म ल्याइएको छ । मञ्च परिसर प्रवेशपछि भने, रिसल्ला प्रयोग गरिएको छ । विगतका दिवसमा सेनाले राष्ट्रपतिको सवारीमा सितल निवासबाटै रिसल्ला प्रयोग गर्दैै आएको थियो ।
बिशेषगरी, सेना दिवसको अवसरमा टुडिखेलमा हुने कार्यक्रममा राष्ट्रपतिको सवारीका बेला कार्केटको सबैभन्दा अगाडि र पछाडि रिसल्ला प्रयोग हुँदै आएको थियो। तर, यस पटक रिसल्ला हटाएर कार्केटमा गाडी र मोटरसाइकको मात्रै प्रयोग गरिएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले राष्ट्रपतिको सवारीमा रिसल्ला हटाइएको बताए ।
प्रतिक्रिया