×

बढ्यो सुनको मुल्य

images

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १७० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

बुधबार २ पुस २०८२ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया