×

जेनजी आन्दोलन जाँचबुझ आयोगमा अर्को साता ओली–लेखकको बयान हुने

images

कामाडौं। जेन-जी आन्दोलन दमनसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले अर्को साता बयान लिने भएका छ । जाँचबुझ आयोगको म्याद सकिन लागेको बेलामा आयोगका पदाधिकारीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपको लागि आग्रह गरेको छ ।

सोही क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान लिने भएको हो । ओलीले यसअघि आयोगलाई बयान नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । अब राजनीतिक दलका नेताहरुसँग बयान लिन लागेको हो । 

असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । यस्तै पूर्वन्यायाधीश  कार्कीको नेतृत्वमा  गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । 

जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए ।  

बुधबार २ पुस २०८२ ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया