काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशैभर गर्ने एकता सन्देश सभाको तालिका सार्बजनिक गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको थियो ।
जस अनुसार नेपाली कम्युनिष्ट पार्टीले मङ्सिर १२ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १३ गते लुम्बिनी प्रदेशको दाङ देउखुरी, मङ्सिर १४ गते गण्डकी प्रदेशको पोखरा, मङ्सिर १५ गते कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ गते उपत्यका बिशेष प्रदेशको काठमाडौं (हलमा), मङ्सिर १८ गते नै कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं (हलमा ), मङ्सिर २० गते मधेश प्रदेशको जनकपुरमा मङ्सिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम (नेपाली समय अनुसार बेलुकी ६ बजे), मङ्सिर २३ गते बागमती प्रदेशको हेटौंडामा एकता सन्देश सभा गर्ने भएको छ ।
त्यस्तै मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा एकता सन्देश सभाहरुको आयोजना गर्ने भएको छ भने मङ्सिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया