×

प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

images

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ । 

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा परेको हो ।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको मुद्दामा प्रधानमन्त्री कार्कीले अदालतको आदेश कार्यान्वयन नगरेकाले कारबाही गर्न माग गरिएको छ । 

सर्वोच्च अदालतले गत कात्तिक १६ गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सरकारले ती राजदूतलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन कात्तिक १७ गते निर्देशन दिएको थियो । त्यसपछि राजदूतहरू फिर्ता भएर केहीले राजीनामा दिएका छन् भने केही परराष्ट्र मन्त्रालयमै हाजिर गरिरहेका छन् । 

प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको निवेदनको सुनुवाइका लागि मंसिर ७ गतेको पेशी तोकिएको छ ।

सोमबार २ मंसिर २०८२ १०:१९ PM मा प्रकाशित

प्रतिक्रिया