×

सत्य निरूपणका लागि समिति बनाउन तीन दल सहमत

images

काठमाडौं ।  सत्य निरूपण आयोगका लागि मन्त्रिपरिषद्ले सिफारिस समिति बनाउने तीन दलको सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनका विषयमा सहमति गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले समिति टुंगो लगाउनेछ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । 

यस्तै  गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल पनि बैठकमा सहभागी थिए । यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरिएको थियो ।  पदाधिकारी सिफारिस गर्न सकेको थिएन ।

बिहीबार १ कात्तिक २०८१ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया