काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ । टोटनह्यामले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा रिचार्लिशनले २ गोल गरेका थिए भने ब्रेनान जोन्सनले एक गोल गरेका थिए ।
यो जितपछि टोटनह्यामले नयाँ सिजनको शानदार शुरुवात गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यस्तै यस सिजनमा प्रिमियर लिगमा बढुवा भएको बर्नलीले भने हारसँगै सिजनको शुरुवात गरेको छ ।
प्रतिक्रिया