×

२०८० मा सार्वजनिक बिदा ४९ दिन 

images


काठमाडौं । सरकारले २०८० सालमा हुने सार्वाजनिक विदाको ‘क्यालेण्डर’ सार्वजनिक गरेको छ । ‘क्यालेण्डर’अनुसार शनिवार बाहेक वर्षभरी सार्वजनिक र बिशेष बिदा ४९ दिन परेको छ । 

गृह मन्त्रालयले बिहीवार राजपत्रमा निकालेको सुचना अनुसार मुलुकभर सबैका लागि हुने सार्वजनिक बिदा  ३५ दिन परेको छ । समुदाय बिशेषका लागि हुने बिदा भने १४ दिन परेको छ

राजपत्र अनुसार दशै, तिहार, छठ, उभौली, उधौली, ल्होसार, माघी, इद, फागुपूर्णीमा, नयाँ वर्ष, रक्षावन्धन, श्रीकृष्ण जन्मअष्ठमीमा सबैका लागि बिदा दिइएको छ । त्यस्तै,

मजदुर दिवस, संविधान दिवस, जनयुद्ध दिवस, महिला दिवस, प्रजातन्त्र दिवस, संविधान दिवसमा पनि सबैका लागि बिदा दिइएको छ । पृथ्वी जयन्ती र वुद्ध जयन्त्रीका दिन

पनि सबैका लागि बिदा दिइएको छ ।त्यस्तै, तीज, जितिया पर्व, वसन्त पञ्चमी, गाइजात्रा, इन्द्र जात्रा, गोडे जात्रा, भोटो जात्रा, अपांगता दिवस, फाल्गुनन्द जयन्ती, महोहम्मद

जयन्ती, गुरु नानक जयन्तीमा भने सम्वन्धित समुदायलाई मात्रै सर्वजनिक बिदा दिइएको छ । यस बाहेक प्रदेश सरकारले पनि बढीमा ६ दिनसम्मका लागि सर्वजनिक बिदा

दिन सक्नेछ । प्रदेश सरकारले दिएको विदा सम्वन्धित प्रदेशभर मात्रै लागू हुनेछ । यसरी दिइएको बिदाको सुचना प्रदेश सरकारले संघस्थित गृह मन्त्रालयमा अनिवार्य

जानकारी गराउनु पर्नेछ । त्यस्तै, बिभिन्न मुलुकमा रहेका कुटनीतिक नियोगले सम्वन्धित मुलुकले दिएको सार्वजनिक बिदा हेरी बढीमा १८ दिनसम्म विदा दिन सक्नेछन् ।  

शुक्रबार​ ३ चैत २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया