काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा मतदान शुरू भएको छ । सत्ता गठबन्धनका तर्फबाट जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवले पहिलो मतदान गरेका छन् ।
उपराष्ट्रपतिको लागि मतदान बानेश्वरस्थित ल्होत्से हलमा शुरू भएको हो ।आज दिउसो ३ बजेसम्म मतदानको लागि समय तोकिएको छ । चुनावमा संघीय सांसद र प्रदेशसभा सदस्य गरी ८ सय ८२ मतदाता छन् ।
यी मतदाताको कुल मतभारको २६ हजार ३ सय १५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । मतदान सकिएको केहीबेरमा मतगणना गर्ने र परिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ ।
प्रतिक्रिया