×

एमसिसी भोलि पनि टेबल नहुने, जुटेन सहमति

images

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो ।

एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको  विना  निष्कर्ष टुंगिएको छ । भोलि ९ बजे फेरि बैठक बस्नै गरि आजकाे बैठक सकिएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।

तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्‍याएको छ ।बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।

‘बैठक सकिएको छ। एमसिसी भोलि पनि टेबल नगर्ने सहमति भएको छ’, ती नेताले भने,‘हामीले अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं। गठबन्धन भरसक नटुटाऊँ भन्ने छ।’  यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो। 

यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। उनीहरूबीच आधा घन्टा जति कुराकानी भएको थियो। एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका थिए।

बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता  कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी भयका थिय । 

बिहीबार ५ फागुन २०७८ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया