×

एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशन-उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूची)

images

काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ ।  केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भनिए पनि ढिलोगरी सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ । केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान  बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।  महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।

 

मङ्गलबार १ पुस २०८२ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया