×

एमालेमा नयाँ नेतृत्वका लागि आज निर्वाचन : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै,२ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदै

images

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैन ।  केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन गर्ने तयारी गरेको छ । भृकुटीमण्डपमै निर्वाचन हुने छ । जसमा एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।

अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको प्यानल र स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुबीच पनि प्रस्पिर्धा हुनेछ । पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ । मतदान ८० वटा विद्युतीय भोटिङ मेसिनबाट हुनेछ ।  २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् । 

मङ्गलबार १ पुस २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया