×

नेपाल ट्रष्टका पुर्वसचिव कार्की पक्राउ

images

काठमाडौँ । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन् । ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेवा निवृत्त कार्कीलाई आइतबार पक्राउ गरेको हो ।

यसअघि कात्तिक २१ गते सिआइबीले तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो ।

दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा  तीन वर्ष निर्माण अवधि समेत गरी ३० वर्षका लागि २०७४ जेठ १४ गते लिजमा दिन करार सम्झौतामा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ ।

आइतबार​ १ मंसिर २०८२ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया