×

सताब्दी पुरूष सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

images

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।

जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो । जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो।

आइतबार​ ३० असोज २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया