×

श्रीलंकाको एशिया कपमा लगातार दोस्रो जित, तीन खेल हारेर हङकङ बाहिरियो

images

काठमाडौँ । श्रीलंकाले जारी एशिया कपमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटको जित हासिल गरेको हो ।

हङकङले दिएको १५० रनको लक्ष्य पछाएको श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा पाथुम निस्संकाले ६८ रन बनाएका थिए भने कुसल परेरा र वानिन्दु हसरंगाले २०-२० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ४ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

जारी प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै हङकङले भने लगातार तेस्रो हार बेहोरेको छ र सुपरफोरबाट बाहिरिएको छ ।

एशिया कप अन्तर्गत आज अफगानिस्तान र बंगलादेशबीच खेल हुदैछ ।

मङ्गलबार ३१ भदौ २०८२ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया