×

काठमाण्डौबाट ५५ जना सडक बालबालिकाको उद्धार

images

काठमाण्डौका विभिन्न ठाउँबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । विभिन्न निकायसँगको समन्वयमा काठमाण्डौका सडकपेटीबाट उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाण्डौ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा सडकमा यात्रुसँग पैसा माग्दै हिँड्ने ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।     

शनिबार ३ बैशाख २०७९ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया