काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम
सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रचण्डले भारत भ्रमणमा जान चासो देखाइरहेका थिए । तर, भारतले भ्रमणमा पर्याप्त गृहकार्य गर्नुपर्ने भन्दै औपचारिक निमन्त्रणा
दिएको थिएन । यद्यपि, भ्रमणको तयारी स्वरूप दुवै पक्षले निरन्त छलफल भने गरिरहेका थिए । भारतले महत्वपूर्ण परियोजनामा काम अघि बढ्ने गरी भ्रमणलाई अर्थपूर्ण
बनाउनु पर्ने भन्दै आएको थियो । रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको आगामी दुई हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो।
प्रतिक्रिया