×

नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

images

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले आज उक्त रिट निवेदन  खारेज गर्ने फैसला गरेको हो ।
 
 तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सो अध्यादेश जारी गरिएको थियो ।
 
सरकारको उक्त कदमविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले सोही जेठ २७ गते सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज उक्त रिट निवेदन खारेज भएको छ ।

बुधबार २ चैत २०७८ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया