×

वाग्मती नदी पुरानै स्वरुपमा फर्किने उपप्रम लिङ्देनको विश्वास,

images

 
काठमाडौं  उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले, वाग्मती नदी पुरानै स्वरुपमा फर्किने विश्वास व्यक्त गरेका छन् । 
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले, बाँधको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।

धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी दिँदै उपप्रधानमन्त्री लिङ्देनले पर्यटकीय महत्व बोकेको ठाउँमा पुग्न स्थानीयले पैसा तिर्नुपर्ने विषयमा आफुले ध्यानाकर्षण गराउने बताए   उनले भने “धाप बाँधस्थल जैविकविविधताका कारण पनि पर्यटकीय महत्व बोकेको स्थलका रूपमा परिचित छ,

तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ, यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु ।”आजदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी वाग्मतीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर वाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो । 

बिहीबार ४ फागुन २०७९ ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया