×

टप इन्ड टी-२० सिरिजमा नेपालको खराब शुरुवात, ४२ रनले पराजित

images

काठमाडौँ । नेपालले टप इन्ड टी-२० सिरिजमा खराब शुरुवात गएको छ । सिरिजको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले हार बेहोर्दै नेपालले प्रतियोगितामा खराब शुरुवात गरेको हो ।

एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्बाधिक ३४ रन बनाए भने गुलशन झाले २६, कप्तान रोहित पौडेलले २३, दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ११, कुशल भुर्तेलले ८ रन बनाएका थिए ।

त्यस्तै एनटी स्ट्राइकका बलर माट हामोन्डले ३ विकेट लिए भने केन रिचार्डसन र टम एनड्रयुजले २-२ विकेट लिएका थिए ।       

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनाएको थियो ।

एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र  एक एक विकेट लिएका थिए ।

नेपालले अब शनिबार बंगलादेश ए सँग खेल्ने तालिका रहेको छ ।

 

शुक्रबार​ ३१ साउन २०८२ ०९:३९ PM मा प्रकाशित

प्रतिक्रिया