काठमाडौं । क्विन्टल सुनको तोल पुनः घटेको छ । आज (मंगलबार) उक्त सुन गालेपछि पहिलेको परिणामभन्दा घटेको राष्ट्र बैंकले बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले आज गालेको छ ।
गालेपछिको सुनको कुल तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकले बताएको हो ।
साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।
राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर आज सुनको तौल सार्वजनिक गरेको हो ।
टक्सार महाशाखाको अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।
प्रतिक्रिया