×

फोनिज, युएई को अध्यक्ष मा फलेन्द्र बलम्पाकी मगर

images

काठमाडौ-  आदिवासी, उत्पीडित र अल्पसंख्यक जनजातिका पहिचान हकहित र प्रवर्द्धनका लागी बिधुतिय वा छापा माध्यम द्वारा आम समुदाय लाई सुसूचित गर्ने उदेश्य का साथ । सन २०१८ मा युएईमा स्थापित । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ , युएईको पहिलो कार्यकालका केही पदाधिकारी हरु जन्मभूमि फर्किसकेका हुनाले उक्त पद हरु रिक्त रहेका थिए।

ती रिक्त रहेका पद हरु मा पदपूर्ति गर्न। युएईमा गत अगस्ट ७ तारिख वर दुबई स्थित कञ्चनजंघा रेष्टुरेन्टमा बसेको भेलाले २२-२५ नयाँ कार्यकालको लागि प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति रहने गरि बनेको तीन सदस्यीय निर्वाचन समितिका सदस्य हरु किराँत राई या योख्खा, युएईका का अध्यक्ष बुद्धि मेहवाङ राई र आदिवासी जनजाती महासंघ , युएईका उपाध्यक्ष डम्बर लिवाङ लिम्बू को निर्वाचन समितिले निवर्तमान सचिव फलेन्द्र बलम्पाकी मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

१. अध्यक्ष - फलेन्द्र बलमपाकी मगर 
२. उपाध्यक्ष -  तिलक साम्पाङ राई 
३. सचीव -  सुर्य बहादुर खवास          
४. सहसचिव -  पुर्ण बहादुर तामाङ 
५. कोषाध्यक्ष - बुद्ध लिङदेन  
६. सदस्य - सन्दिप राना मगर
७. सदस्य - सुर्य नारायण चौधरी            
८. सदस्य - विष्णु थापा
९. सदस्य - पेच कुमार सुनुवार
१०. सदस्य - रोशन महतो
११. सदस्य - सरु सितल राई
१२. सदस्य - अमन थापा मगर 
१३. सदस्य - विक्रम तामाङ 

पुनर्गठन भएको नयाँ नेतृत्व को घोषणा अगस्ट १४ तारिख का दिन नेफिन , युएईले आयोजना गरेको २८ औ विश्व आदिवासी दिवसको कार्यक्रम कै दिन निर्वाचन संयोजक पासाङ रिन्जी शेर्पाले घोषणा गर्नुभएको थियोे ।

सोमबार ३० साउन २०७९ ०९:०५ PM मा प्रकाशित

प्रतिक्रिया