×

भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम

images

काठमाडौँ । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ । 

मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो शोरूम सुरु गरिएको हो । टेस्लाको शोरूम मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्सको मेकर म्याक्सिटी मलमा खुलेको हो । 

टेस्लाले अहिले भारतमा कारहरू उत्पादन भने गर्ने छैन । टेस्लाले भारतमा केहि महिना अघि अघि नै कर्मचारीहरू भर्ती गर्न थालेको थियो, त्यसपछि टेस्ला भारतीय बजारमा प्रवेश गर्ने बारे छलफल सुरु भएको थियो । 

टेस्लाका सीईओ मस्कले पनि पहिले भारतमा लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन्, तर उनले भारतमा लगाइएको उच्च आयात करलाई सबैभन्दा ठूलो समस्याको रूपमा उल्लेख गरेका थिए । यद्यपि, भारत सरकारले हालै नयाँ ईभी नीति घोषणा गर्दै विश्वव्यापी ईभी कार निर्माताहरूलाई धेरै सुविधाहरू र कम आयात कर प्रदान गरेको छ । यस्तो अवस्थामा, टेस्लाले आगामी समयमा भारतमा ईभी निर्माणको क्षेत्रमा पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।

टेस्लाले भारतमा विश्वमै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभी मोडल वाई भारतमा लन्च गरेको बताइएको छ ।

यो एसयुभी टेस्लाको मोडेल ३ मा आधारित छ, तर यसको प्यानोरामिक गिलासको छाना र स्पोर्टी कूप जस्तो प्रोफाइल रहेको छ । बाहिरबाट हेर्दा, यो कार एकदम सरल देखिन्छ । यसमा फ्लश डोर ह्यान्डलहरू, स्लिम हेडल्याम्पहरू र एरोडायनामिक आकारको रहेको छ । यसको भारतमा शुरुवाती मुल्य ६० लाख भारु रहेको छ । 

 

मङ्गलबार ३१ असार २०८२ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया