×

इजरायल र प्यालेस्टेनी चरमपन्थीहरूबीच युद्धविराम

images


काठमाडौं । इजरायल र प्यालेस्टेनी चरमपन्थीहरूबीच पाँच दिनसम्म चलेको हिंसापछि आइतबार गाजा पट्टीमा दुई पक्षबीचको युद्धविराम लागू भएको देखिन्छ। हिंसामा ३३ प्यालेस्टिनी र दुई इजरायलीको मृत्यु भएको छ ।
पछिल्लो हिंसा मंगलबार सुरु भयो, जब तीन शीर्ष इस्लामिक जिहाद कमाण्डर इजरायली हवाई आक्रमणमा मारिए। गाजाबाट प्रहार गरिएको रकेटको बदलास्वरुप यो हमला गरिएको हो । त्यसयता दुवै पक्षबाट हिंसा जारी रहे पनि इजिप्टको सहयोगमा शनिबार राति युद्धविराम सम्झौता भएको थियो । (एजेन्सी)

सोमबार १ जेठ २०८० ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया