×

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

images

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो । 

उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभएको छ । उहाँहरुका निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गर्नुभएको छ । 

विसं २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का कांग्रेसबाट अध्यक्षमा उम्मेदवार रहनुभएको थियो । यसवर्षको निर्वाचनमा सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्ष तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका शङ्खबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो । 

जन्तेढुङ्गा गाउँपालिकाको ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी हुनुभएको हो ।  

आइतबार​ १ जेठ २०७९ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया