×

गण्डकीप्रदेश का मुख्यमन्त्री अधिकारीले राजीनामा दिने तयारी

images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी वैशाख ९ गते राजीनामा दिने उनको निकटवर्ती सूत्रले जनाएको छ ।
माओवादी केन्द्रले गठबन्धन फेरेर कांग्रेससँग गठजोड गरेपछि गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको अधिकारी सरकार अल्पमतमा छ ।

गत १० चैतमा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए । मुख्यमन्त्री अधिकारीले सरकार टिकाइराख्न ३० दिनभित्र संसद्मा विश्वासको मत लिने समयसीमाको आखिरीमा राजीनामा बुझाउने तयारीमा रहेको उनका प्रेस सल्लाहकार सुसन घिमिरले बताए । ‘

९ वैशाख ३ बजेका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ ९पछि एकीकृत समाजवादीमा प्रवेश० सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि बहुमत ३१ सिट आवश्यक पर्छ । तर, गण्डकीमा सम्भावना टरेको छ ।

गत २५ पुसमा नेपालको संविधान १६८  बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीले २९ पुसमा संसद्मा विश्वासको मत पाएका थिए । त्यसबेला उनको पक्षमा ३१ मत परेको थियो । विपक्षीमा २७ मत मात्रै परेको थियो । उनलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गरेका हुन् । स्वतन्त्र लडेर चुनाव जितेका राजीव गुरुङ  भने उपस्थित भएनन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुँदा चुनावमा सहभागी भएनन् ।

गण्डकीमा अब कांग्रेस वा माओवादी केन्द्रमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ । कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी हुन् ।

शनिबार २ बैशाख २०८० १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया