×

एकदिवसीय क्रिकेट वरीयतामा नेपाल १६औँ स्थानमा उक्लियो

images

काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता (ओडीआई) मा नेपालले उल्लेख्य सुधार गरको छ। आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । आईसीसीको अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल १९ औं स्थानमा थियो ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो । नेपालले लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ।nलिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ।

अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ। ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ। नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

नेपालले यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पछि पारेको छ । आईसीसी विश्वकप लिग–२ मा पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनले नै नेपालको वरीयतामा सुधार भएको हो ।  

बुधबार १ चैत २०७९ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया