×

जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार

images

काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिचुलाई लक्षित गरी ढुङ्गा प्रहार भएकोप्रति आपत्ति जनाएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै आकिमिचुलाई लक्षित गरी ढुंगा प्रहार गर्दा उनी घाइते भएको र उनको सवारीसाधन क्षति भएको जनाएको छ ।

प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि घटनाबारे दूतावासले थप बताएको छैन । प्रहरी स्रोतका अनुसार बुधबार त्रिचन्द्र क्याम्पस अगाडि उनीमाथि ढुंगा प्रहार भएको थियो । 

दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ । ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनु चाहिँ अपराध हो । ’विज्ञप्तिमा भनिएको छ,‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ ।’

बिहीबार २८ भदौ २०८० ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया