×

एकीकृत समाजवादीमा २१ केन्द्रीय सदस्य मनोनीत, माघ १४–१८ सम्म महाधिवेशन 

images

कठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । 

भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको बिहीबार अपानिमार्फत जानकारी गराएको छ । 

पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ– ‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ । अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ ।’ 

त्यस्तै जसको तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ ।

यसका साथै बैठकले २१ जना केन्द्र्रीय सदस्य पनि मनोनीत गरेको छ । 


 

बिहीबार २८ भदौ २०८० ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया