×

नेम्वाङको निधनमा संघीय संसद्का दुवै सदनबाट शोक प्रस्ताव पारित

images

काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

साथै, उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ ।

बिहीबार २८ भदौ २०८० ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया