काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् हाईज्याक गरेको आरोप लगाएका छन् ।
उनले तीन ठूला राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले हाईज्याक गरेको आरोप लगाएका हुन् ।
आज (सोमबार) दिउँसो ३ः५८ बजे रविले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले अंग्रेजी भाषामा लेखेका छन्– पार्लियामेन्ट इज हाईज्याक्ड !
आज दिउँसो बसेको संसद् बैठकमा प्रतिपक्षी दल एमालेले नाराबाजी गरेपछि रविले सभामुख देवराज घिमिरेसँग बोल्न समय माग गरेका थिए । तर, सभामुखले समय नदिपछि उनी संसद्मै आक्रोशित मुद्रामा देखिन्थे ।
एमालेको अवरोधपछि संसद् बैठक स्थगित भएको छ । अर्को बैठक एक सातापछि बस्नेछ ।
प्रतिक्रिया