×

एमबाप्पे अनुबन्ध गर्न रियलले २०० मिलियन युरो खर्चन तयार

images


काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे अनुबन्धका लागि रियल मड्रिड मोटो रकम खर्चन तयार देखिएको छ ।

फ्रान्सको एक टेलिभिजनले एमबाप्पे अनुबन्ध गर्न रियलले २०० मिलियन युरो खर्चन तयार देखिएको जनाएको छ ।

ला लिगा क्लब रियल एमबाप्पे अनुबन्धका लागि लामो समयबाट लागि परेको छ ।पछिल्लो समय पीएसजी पनि एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।पीएसजीसँग फ्रेन्च फरवार्डको सम्झौता आगामी सकिदैछ ।

एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो ।२४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन्।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए ।एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्।

२०१८ को विश्वकप विजेता एमबाप्पेले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् । एजेन्सी

बुधबार ३१ जेठ २०८० ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया