×

एक दिन ढिला गरी नेपाल भित्रियो मनसुन

images

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकाशंक भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको जानकारी दिए । यसैगरी, बुधबार मधेश प्रदेशको पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिम तराईको भने तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ ।

 मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ। मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताइन्।

बुधबार ३१ जेठ २०८० ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया