×

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

images


 काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको उनले बताए ।

आइतबार​ ३१ बैशाख २०८० ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया