ल्होत्से मलबाट लुटिएको मोबाइलसहित ४ जना पक्राउ

    images


    काठमाडौं । गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलको पसलबाट लुटिएका मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

    यातायात मजदुरको प्रदर्शनको क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा अर्जुन चालिसेको मोवाईल पसल लुट्ने मध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको हो । 

    प्रर्दशनको मौका छोपेर लुटेराहरुले ल्होत्सेमलका दुइटा पसलबाट मोबाइललगायत इलेक्ट्रिक सामान लुटपाट गरेका थिए । 

    लुटपाट तथा आक्रमणबाट ८ करोड बराबरको क्षति भएको मोवाइल ब्यवसायीको भनाई छ । 

    मङ्गलबार २ फागुन २०७९ ०२:४० PM मा प्रकाशित

    प्रतिक्रिया